आवधिक योजना निर्माणको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Government of Nepal

गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश नीति तथा योजना आयोगको चालु आर्थिक बर्ष २०८३/८४ को प्रदेश र स्थानीय तहको साझेदारीमा स्थानीय तहको आवधिक योजना निर्माण कार्यक्रम कार्यान्वयनका लागि आवधिक योजना तर्जुमा साझेदारी कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि, २०८२ को दफा १२ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र गण्डकी प्रदेश भित्रका दफा ११ अनुसारको योग्यता पुगेका स्थानीय तहले अनुसूची-२ अनुसारको ढाँचामा प्रस्ताव तयार गरी देहायबमोजिमका कागजात सहित आवेदन पेश गर्नुहुन अनुरोध छ।

यस सम्बन्धी थप जानकारी आयोगको वेबसाइट http://ppc.gandaki.gov.np मा रहेको आवधिक योजना तर्जुमा साझेदारी कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि, २०८२ मार्फत प्राप्त गर्न सकिने छ।

देहायः

  • अनुसूची-२ बमोजिमको ढाँचामा आवधिक योजना निर्माण प्रस्ताव
  • लागत साझेदारीमा योजना निर्माण गर्ने सम्बन्धी गाउँ/नगर कार्यपालिका बैठकको निर्णयको प्रमाणित प्रति।
  • चालु आर्थिक बर्ष आवधिक योजना निर्माणको लागि स्थानीय तहबाट बजेट विनियोजन भएको हकमा सोको विवरण।
  • योजना निर्माणको लागि गाउँ/नगर कार्यपालिकाको कार्यालयबाट स्वीकृत कुल लागत अनुमानको प्रमाणित प्रतिलिपि।

इमेल ठेगाना: pppl.local@gmail.com बाट समेत प्रस्ताव पेश गर्न सकिने छ। 

थप जानकारीका लागि,

सम्पर्क व्यक्तिको नामः सन्तोष देवकोटा (सूचना अधिकारी)

सम्पर्क नम्बरः 9856051018