डा .गिरिधारी शर्मा पौडेल

उपाध्यक्ष
संक्षिप्त परिचय
१. ठेगाना
 
नामः डा.गिरिधारी शर्मा पौडेल
स्थायी ठेगानाःगण्डकी प्रदेश, स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिकावडा नं ४ बाङ्सिङ्म कमेरे 
इमेलःgiridharisp@gmail.com
टेलिफोनः ९७७—६१—४६५३५५ र  ४६४८४१
वैवाहिक स्थितिः विवाहित
 
२. शिक्षा
(क) वि.सं. २०५७मा प्रादेशिक तथा ग्रामिण विकास योजनामा ग्रामिण विकास, लैङ्गिक तथा प्राकृतिक स्रोत कार्यक्रम, वातावरण, स्रोत तथा विकास स्कुल,एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बैंकक्, थाइलेण्ड बाट विद्यावारिधी। 
(ख) वि.सं.२०५४ मा प्रादेशिक तथा ग्रामिण विकास योजनामा मानवबस्ती कार्यक्रम, वातावरण,स्रोततथाविकास स्कुल,एसियन इन्स्टिच्युटअफ टेक्नोलोजी(AIT) बंैकक, थाइलेण्डबाट स्नातकोत्तर (कक्षामा दोस्रो स्थान)।
(ग) वि.सं. २०४४ मा त्रि.वि.वि. को आंङ्गिक पृथ्वीनारायण क्याम्पस पोखराबाट भूगोलमा स्नातकोत्तर (कक्षामा सर्बेात्तम स्थान) । 
 
३. व्यावसायीतालिम
बेलायत, अमेरिका, थाईलेण्ड र भारत लगायतका विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालय र संस्थावाट योजनातर्जुमा, आयोजनानिर्माण,नतिजाखाका, कर्मचारी व्यवस्थापन, नेतृत्वविकास, अनुगमन तथा मूल्यांकन सम्बन्धी १३ वटा तालिम लिएको । 
४. प्रदेश नीति तथा योजना  आयोगको उपाध्यक्ष
वि.सं.२०७५ श्रावण २२ देखि कार्यरत ।
 
५.अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ/राष्ट्रिय आयोजना प्रवन्धक
वि.सं.२०७० कात्तिक १५ देखि २०७५ श्राबण २१ सम्म संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र राष्ट्रिय योजना आयोगको संयुक्त स्वामित्वमा सञ्चालित “राष्ट्रिय योजना तथाअनुगमन प्रणाली सुदृढीकरण आयोजनामा” संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको तर्फवाट कार्य गरेको ।   
 
६. अनुगमन, मूल्याङ्गन तथा प्रणाली सुदृढीकरण विशेषज्ञ
वि.सं.२०६८ को श्राबण देखि २०७० को श्राबण सम्म बेलायतको अप्सन ईन्टरनेसनल संस्थाको तर्फवाटबेलायतको अन्तराष्ट्रिय सहयोग बिभागले लगानि गरेको नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम, स्वास्थ्यतथा जनसंख्या मन्त्रालयलाई प्राबिधीक सहयोग प्रदान गरेको । 
७.शाखाअधिकृत, कार्यक्रम प्रवन्धक, कार्यक्रम निर्देशक, उप–महानिर्देशक र महानिर्देशक (विशिष्टश्रेणी) 
नेपाल परिवार नियोजन संघमा वि.सं.२०४६पौष १७ देखि २०६८ बैशाख २८ सम्म शाखा अधिकृत देखि महानिर्देशक सम्मका पदमा काम गरेको । 
 
८. नेपाल कृषि वन प्रतिष्ठानमा उपाध्यक्ष र अध्यक्ष
बि.सं. २०६६ देखि २०७२ सम्म नेपाल कृषि वन प्रतिष्ठानमा स्वयंसेवक भई काम गरेको ।
 
९. काठमाण्डौ फरेष्टी कलेजको व्यवस्थापन समिति सदस्य
वि.सं. २०६० देखि २०७३ सम्म काठमाण्डौ फरेष्टी कलेजको सञ्चालक समितिको सदस्यमा स्वयंसेवक भई काम गरेको ।  
१०.आंशिक शिक्षण
नेपाल सूचना प्रविधि ईन्जिनियरिङ्ग कलेजमावि.स.ं २०५९ देखि २०६३ सम्म स्नातकोत्तरका विद्यार्र्थीलाई ऐच्छिक विषय विकास योजनाबारे आंशिक प्राध्यापन गरेको । 
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बंैकक थाइलेण्डमा जलाधार व्यवस्थापनमा संस्थागत विकास विषयको आंशिक प्राध्यापन गरेको । 
११. अनुसन्धान र प्रकाशन
क. समकालीन विशेषज्ञले पुनरावलोकनगर्ने (अमेरिका, बेलायत, नर्बे, डेनमार्क, थाईलेण्ड जस्ता देशवाटप्रकाशनहुने)े 
अन्तराष्ट्रिय अनुसन्धान पत्रिकामा २०वटा अनुसन्धानात्मक लेख प्रकाशन । 
ख. राष्ट्रिय अनुसन्धान जर्नल र कार्यशालाका पुस्तकमा३० वटा अनुसन्धानात्मक लेख प्रकाशन ।
ग. दुईवटा किताब प्रकाशन ।
घ. दुइवटा कार्यशालाका किताबको सम्पादन ।
ड. दशवटा तालिम संचालन, योजनातर्जुमा र सूचना प्रणालीको व्यवस्थापन सन्बन्धी निर्देशिका तथा सन्दर्भ पुस्तकको लेखन ।
च. टोली नेता भएर २० वटा आयोजना तथा कार्यक्रमको मूल्याङ्गन गरी प्रतिवेदन लेखेको । 
छ. करीब १०० जति संस्थागत प्रतिवेदन लेखेको (अप्रकाशित) 
 
१२ सुपरिवेक्षण
क. ६जना स्नातकोत्तर विद्यार्र्थीको सोधपत्र सुपरिवेक्षण  गरेको । 
ख. पाँच जना विद्यावारिधी गर्ने विद्यार्र्थीका शोधपत्रमा स्थानीय सुपरिवेक्षक भइ काम गरेको । 
ग. विभिन्न परामर्शदाता संस्थाले मूल्यांङ्कन गरेका ४० वटा आयोजना तथा कार्यक्रमको सुपरिवेक्षण गरेको । 
 
१३ आयोजना प्रस्ताव लेखन 
नेपालका विकास आयोजनालाई स्रोत जुटाउन ३५वटा प्रस्ताव लेखेको र तीमध्ये विकास साझेदार संस्थाले २५वटा प्रस्तावको लागिअनुदान सहयोग उपलब्ध गराएका। 
 
१४.क्षमता विकास
सहस्राब्दी विकासलक्ष्य, दिगो विकासलक्ष्य, योजनातर्जुमा, अनुगमन र मूल्यांङ्कन विषयमा सरकारी, गैरसरकारी र अनुसन्धान क्षेत्रका संस्थाहरुलाई क्षमता विकास तालिम आयोजना गरेको । 
 
१५.क्षेत्रिय तथा अन्तराष्ट्रिय सभा सम्मलेनमा सहभागिता
४४ वटा क्षेत्रीय तथा अन्तराष्ट्रिय सभा सम्मेलनमा नेपालको प्रतिनिधित्वगर्दै प्रस्तुतीकरण गरेको । 
१६.पुरस्कार, सम्मान र विभूषण
क. कलेज अध्ययनगर्दा विभिन्न वर्षमा पृथ्बीनारायण क्याम्पसको जेहन्दार छात्रवृत्ति। 
ख. एसियाको वातावरणिय विकास बारे थाईसरकारको महारानी सिकृटछात्रवृत्ति २०५२—२०५४ (एसियन
इन्स्टिच्युटअफ टेक्नोलोजीमा विकास योजनामा स्नातकोत्तर अध्ययनको लागी) ।
ग. जापान सरकारको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधी अध्ययन छात्रवृत्ति २०५५—२०५७ ।
घ. महेन्द्र बिद्याभुषण (क) २०५८ ।
ङ. नेपाल परिवार नियोजन संघको उत्कृट कर्मचारी पुरस्कार २०५९ । 
च. नेपाल कृषि वन प्रतिष्ठानको सम्मानपत्र ।   
छ. नेपाल सूचना प्रविधि ईन्जिनियरिङ्ग कलेज, बाङसिङ्ग सेवा समाज काठमाण्डौ, बाङसिङ्ग पोखरा एकता समाज र 
रोयल सहकारी संस्था पोखराका सम्मानपत्र । 
 
१७.भ्रमण गरेका देश 
करीब ५० देश